Logo

ईकार्डीको निर्णायक गोलमा पीएसजी विजयी



Spread the love

१५ असोज, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली लिग च्याम्पियन क्लब पेरिस सेन्ट जर्मेनले जित हात पारेको छ । मंगलबार राति भएको खेलमा पीएसजीले टर्किस क्लब गलातासारेलाई १–० ले पराजित गरेको हो । गलातासारेको घरेलु मैदानमा भएको खेलमा पीएसजीको लागि माको ईकार्डीले ५२ औँ मिनेटमा गरेको निर्णायक गोल नै जितका लागि पर्याप्त बनेको थियो ।

पीएसजीले केलियन एम्बाप्पेलाई बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गराएका थियो । पीएसजीका लागि स्टार खेलाडी नेयमार र ईडिन्सन काभानीले यो खेल पनि गुमाए । नेमाल च्याम्पियन्स लिगको दुइ खेलका लागि निलम्बित भएका थिए भने काभानी घाइते थिए ।

जितसँगै समुह ‘ए’को शीर्ष स्थानमा रहेको पीएसजले दुई खेलबाट ६ अंक जोडेको छ भने गलातासारे १ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्