Logo

नेकपाले अन्य राजनीतिक दलहरूको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षड्यन्त्र गर्‍यो : नेता रिजाल



Spread the love

१४ असोज, काठमाडौँ l नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेकपाले कम्युनिस्ट पार्टीबाहेकका अन्य राजनीतिक दलहरूको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् l

आज नेपाल प्रेस युनियन, काठमाडौँ शाखाले आयोजना गरेको ‘नागरिक अधिकार कार्यान्वयन र नेपालको संविधान’ विषयका अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य पार्टीमाथि ‘बाघ झैँ झम्टन’ तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सिंहझै गर्जन’ पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिएर अन्य दलहरूको गतिविधिलाई प्रतिबन्ध लगाउन सुनियोजित षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् l

नेता रिजालले तनहुँमा आफूमाथि ढुंगामुढा गरेबाट सरकारले मुलुकमा भय र त्रासदीको शासन स्थापना गर्न खोजिरहेको आरोप लगाउँदै नागरिकलाई भयभित बनाएर सरकारले मुलुकमा अन्य लोकतान्त्रिक राजनीतिक दलहरूलाई गतिविधि गर्न नदिने योजना बनाइरहेको समेत उल्लेख गरेका छन् l

प्रतिक्रिया दिनुहोस्