Logo

सभामुख दोषी या निर्दोष हो भन्ने बारे प्रष्ट हुन निष्पक्ष छानबिन होस्: गगन थापा



Spread the love

१४ असोज, बुटवल। नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोप बारे निष्पक्ष छानबिनको माग गरेका छन्।

उनले बुटवलमा एक कार्यक्रम मार्फत सभामुख दोषी या निर्दोष हो भन्ने बारे प्रष्ट हुन पनि निष्पक्ष छानबिनको आवश्यकता रहेको बताएका छन् ।‘सभामुखजस्तो पद सम्हालेको व्यक्तिमाथि जुन आरोप लागेको छ, यसले संसदकै गरिमामाथि प्रश्न उठाएको छ’, उनले भने, ‘यो आरोप साँचो हो या गलत भन्ने प्रष्ट पार्न निष्पक्ष छानबिन होस्, प्रहरी सत्ता र शक्तिबाट प्रभावित नहोस्, कानुनअनुसार गर्नुपर्छ।’

उनले आरोप गलत पुष्टि भएमा आरोप लगाउने व्यक्तिमाथि कानुन अनुसार कारबाही गर्नु पर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्