Logo

दुबईमा बस दुर्घटना हुँदा छ जना नेपालीको मृत्यु



Spread the love

१४ असोज, काठमाडौं । युनाइटेड अरब इमिरेट्सको दुबईमा सवारी दुर्घटना हुँदा छ जना नेपालीले ज्यान गुमाएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ४ : ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्