Logo

अब नेपाललाई छिट्टै भिखारीमुक्त देश बनाउँछौ : प्रधानमन्त्री ओली



Spread the love

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई चाडै नै भिखारीमुक्त देश बनाउने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभागृह हलमा आयोजित कार्यक्रममा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। उक्त कार्यक्रममा उनले नेपाललाई छिट्टै भिखारीमुक्त देश बनाउने प्रतिबद्धता गरेका छन् ।

प्रधानमन्त्री ओलीले भन्छन्, ‘हाम्रो देशलाई छिट्टै नै भिखारीमुक्त देश बनाउँछौं । हामी हाम्रो देशलाई छिट्टै सडक मानवमुक्त बनाउँछौं । दुःख पाएर सडकमा कोही देखिनुपर्दैन ।’,’बेसहारा, अलपत्र स्थितीमा कोही देखिन्छ भने सरकारलाई त्यस्तो कुराको जानकारी दिनुस् । सरकारले त्यसको व्यवस्था गर्छ ।’ कोही पनि मान्छे आवास नपाएर, खान नपाएर र बेसहारा भएर सडकमा बस्न सरकारले नदिने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्