Logo

इटालियन सिरी ‘ए’ मा नापोली र रोमा विजयी



Spread the love

१३ असोज, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा नापोली र एएस रोमाले कठिन जित हात पारेको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा नापोलीले ब्रेसियालाई २–१ गोलले पराजित गर्यो । अर्को खेलमा रोमाले लिस्सेलाई १–० गोलले हरायो ।

१३औँ मिनेटमा ड्रिएस मेर्टेन्सको गोल मार्फत नापोलीले खेलमा अग्रता लियो । ४५औँ मिनेटमा कोस्टास मानोलसले गोल गर्दै नापोलीको अग्रतालाई दोब्बर पारे। ब्रेसियाका मारियो बालोटेलीले ६७औं मिनेटमा एक गोल फर्काए पनि टोलीको हार भने टरेन । जितसँगै नापोली लिगको चौँथो स्थानमा उक्लिएको छ । ६ अंक बनाएको ब्रेसिया १४औँ स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा रोमाको जितमा एडिन जेकोले ५६औं मिनेटमा गरेको निर्णायक गोलनै जितका लागि पर्याप्त भयो । जितसँगै ११ अंक बनाएको रोमा पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्