Logo

भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य सुरु : मन्त्री पण्डित



Spread the love

१३ असोज, विराटनगर l सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले गुणस्तरीय काम नगर्नेलाई कारबाही गरिने बताएका छन् ।

आज विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउँदै मन्त्री पण्डितले कुल बजेटको २५ प्रतिशत सडक निर्माणमा खर्च भइरहेकाले गुणस्तरीय काम नगर्नेलाई कारबाही गरिने बताएका हुन् l

मन्त्री पण्डितले नगर र गाउँपालिका केन्द्र जोडिने सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको जानकारी दिँदै उक्त सडक सञ्जाल जोड्न ८ खर्ब खर्च लाग्ने भएता पनि हाललाई सो काम अगाडि बढाउन सुरु गरिएको बताए ।

अहिले नेपालको वार्षिक वृद्धिदर सात प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै वर्तमान सरकारले ११ प्रतिशत पुर्‍याउने लक्ष्यले काम गरिरहेको र यसैबाट मुलुकमा समृद्धि आउनेसमेत मन्त्री पण्डितले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री पण्डितले भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य सुरु भएको बताउँदै भने, “आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कोही कसैले छुट पाउँदैन ।”

प्रतिक्रिया दिनुहोस्