Logo

अभिनेता विजू खोटेको निधन



Spread the love

१३ असोज, काठमाडौँ l आज अभिनेता विजू खोटेको ७७ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि स्वास्थ्य बिग्रिएका अभिनेता खोटेको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा निधन भएको हो ।

उनी भारतको सर्वाधिक चर्चित फिल्म ‘सोले’ मा अभिनय गरेको पात्र ‘कालिया’बाट बढी चिनिन्छन् । उनले ‘सोले’ बाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए । उनी सन् १९६४ देखि फिल्म क्षेत्रमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्