Logo

सरकारले संविधानलाई प्रतिकुल असर पार्ने गरी कदम चाल्यो : नेता खाँण



Spread the love

१३ असोज, काठमाडौँ l नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले दिनानुदिन नेकपा सरकारले संविधानलाई प्रतिकुल असर पार्ने गरी कदम चालिरहेको बताएका छन् l

आज जनकपुरधाममा पत्रकार सम्मेलन कार्यक्रममा सहभागिता जनाउँदै नेता खाँडले दुई तिहाईको आडमा नेकपाले संविधानको मूल्यमान्यताको विपरीत बहुमतको दुरुपयोग गरेको बताएका हुन् l

कार्यक्रममा बोल्दै नेता खाँडले भने, “नेपालको संविधानले सूचना सम्बन्धी मौलिक अधिकार दिएको छ, प्रेस स्वतन्त्रता यस संविधानको सबैभन्दा राम्रो पक्ष हो तर सरकारले सूचना प्रविधि विद्येयक होस् वा विज्ञापन विद्येयक होस् वा मिडिया काउन्सिल विद्येयक होस्, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ ।”

अहिलेको संविधानबाट सबै समुदाय सन्तुष्ट नरहेकोले यसलाई सबैले स्वीकार गर्ने गरी परिमार्जन गरिनुपर्ने समेत नेता खाँडले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्