Logo

ललितपुरको भैंसेपाटीमा भीआईपी आवासको शिलान्यास



Spread the love

१३ असोज, काठमाडौँ l आज ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरूका लागि सरकारले बनाइदिने आवासको शिलान्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आवास शिलान्यास गर्न लागेका हुन् ।

सरकारले ललितपुरको सैंबुमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गा छुट्टाएर सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीहरूका लागि सुविधा सम्पन्न अलग-अलग भवन बनाउँदै छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्नेछन् । जसका लागि ८५ करोड बजेट छुट्याइएको छ । त्यस्तै ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्