Logo

देशभरका अदालत १५ दिनसम्मका लागि बन्द



Spread the love

१३ असोज, काठमाडौँ l विजयादशमीको अवसरमा देशभरका अदालत १५ दिनसम्मका लागि बन्द भएका छन् । सबै अदालत कोजाग्रत पूर्णिमाको भोलिपल्ट २६ असोजदेखि मात्रै खुल्नेछन् ।

अदालतको नियमित काम कारबाही बन्द हुने भए पनि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण र जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने काम भने यथावत् नै रहनेछ ।

अदालतहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिने र उनीहरूको उपस्थितिमा मुद्दाको सुनुवाइ, पेशी, तारिख तोक्न नसकिने हुँदा न्यायालयमा बिदा दिइएको सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्