Logo

उपसभामुखहरुको प्रश्न– अधिकारमा किन कन्जुस्याइँ ?



Spread the love

१२ असोज, काठमाडाैँ – संघीय संसद्का दुवै सदन र सातै प्रदेशसभाका उपाध्यक्ष/उपसभामुखह अघिल्लो भदौमा राजधानीको चन्द्रागिरिमा भेला भए । सभामुखसहितको भेलामा उनीहरुले छुट्टै बैठकसमेत गरे ।

गत संसिर २९ ३० गते चितवनको सौराहामा सभामुख र उपसभामुखहरुको दोस्रो बैठक भयो । त्यहाँ पनि उपसभामुखहरुले छुट्टै बैठक गरे ।

गत भदौ ३ गते संघीय संसद्का उपाध्यक्ष/उपसभामुख तथा प्रदेशसभाका उपसभामुखले पनि ‘भिडियोे कन्फेरेन्स’ गरे । पछिल्लो पटक गत मंगलबार उनीहरुले राजधानीमा बैठक गरे र आफ्ना भूमिका र गुनासा थप उजागर गरे ।

राष्ट्रियसभा उपाध्यक्ष र प्रतिनिधिसभा तथा सातै प्रदेशसभाका उपसभामुख महिला हुन् । उनीहरुले एक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी चार पटक बैठक गरे । ती बैठकमा उनीहरुले घुमाउरो ढंगले आफूहरुलाई लैंगिक आधारमा हेपिएको आशय व्यक्त गरे । आफ्नो भूमिकाबारे संविधानमै प्रस्ट हुँदाहुँदै उनीहरुले किन सामूहिक आवाज उठाइरहेका छन् ?

उनीहरुले संविधानको प्रावधानविपरित संसद् नियमावली बनाइएका उसन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्