Logo

लिबियामा कम्तीमा १७ जना आइएस लडाकू मारिए



Spread the love

११ असोज, त्रिपोली। अमेरिकी अफ्रिकी कमाण्ड (अफ्रिकम) ले लिबियामा इस्लामिक स्टेट्स (आइएस) लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

अफ्रिकमले शुक्रबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा आक्रमण भएको र मारिएका सवै इस्लामिक स्टेट्स (आइएस) लडाकूहरु रहेका छन् ।

अमेरिकी सहयोग रहेको लिबियाली सरकारको समर्थकमा सो कारबाही भएको र ती लडाकूहरु मारिएका समाचारमा जनाइएको छ ।

“आइएस लडाकूविरुद्धको अभियान चलिरहेकै अवस्थामा यो घटना भएको जनाइएको छ । आतङ्कवादीहरुको सञ्जाललाई हामीले लक्षित गरेका छौँ,” अफ्रिकमले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।
वक्तव्यमा थप लेखिएको छ, “हामीले यस्तो आक्रमणलाई निरन्तरता दिन्छौँ, लिबियाका र अन्य यस क्षेत्रका आतङ्कवादीका विरुद्धमा पनि हाम्रो अभियान जारी छ ।”रासस

प्रतिक्रिया दिनुहोस्