Logo

पर्यटकहरूलाई भगवानको रूप सम्झौँ : मन्त्री कुसियत



Spread the love

१० असोज, काँकडभिट्टा l प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय विकास प्रति जागरण आउनुपर्ने बताएका छन् l

आज ४०औँ अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा प्रदेश नं १ को पर्यटन कार्यालयले झापाको काँकडभिट्टामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुसियतले यस्तो बताएका हुन् l

मन्त्री कुसियतले पर्यटकहरूलाई भगवानको रूप सम्झेर न्यानो स्वागत र सत्कार गर्न समेत झापाका व्यवसायीहरूसँग आग्रह गरेका छन् ।

आज अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गर्ने पहिलो पर्यटक ब्राजिलका गिल्हेम टग्नोजलाई नेपाली ढाकाटोपीसहित रातो टिका लगाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्