Logo

पाकिस्तानी विदेश मन्त्री कुरैशीले भने: भारतीय विदेश मन्त्री एस जयशंकर कसाइ हुन् !



Spread the love

१० असोज, काठमाडौं । पाकिस्तानी विदेश मन्त्री शाह महदुद कुरैशीले भारतीय समकक्षी एस जयशंकरलाई कसाइको संज्ञा दिएका छन् ।न्युयोर्कमा भएको सार्क विदेश मन्त्रीस्तरीय बैठकमा जयशंकरलाई बहिस्कार गरेका कुरैशीले जयशंकरको पछिल्लो कार्यशैलीप्रति आक्रोस पोख्दै कडा अभिव्यक्ति दिएका हुन् ।

मन्त्रिस्तरीय बैठकमा कुरैशी एस जयशंकर रहँदासम्म प्रवेश नगरी बाहिरै बसेका थिए । भारतीय समकक्षी बाहिरिएलगत्तै प्रवेश गरेका कुरैशीले कश्मीरका कसाइ जयशंकर सहभागी भएकाले आफू बैठकमा नआएको इन्डियन एक्सप्रेसले जनाएकाे छ ।

पाकिस्तानी विदेश मन्त्री सहभागी नभएको बैठकमा जयशंकरले पाकिस्तानसँगको सम्बन्ध चिसिरहेका बेला आतंकवादको हतियार हुने छिमेकीसँग वार्ता गर्न नसक्नेसमेत प्रष्ट पार्दै पाकिस्तानसँग क्रिकेट खेल्ने सवाल नरहेको पनि उनले बताएका छन् ।

पछिल्लो समय भारतले धारा ३७० द्वारा कश्मीरलाई दिएको विशेष संवैधानिक अधिकार खोसेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ ।

प्रतिक्रिया दिनुहोस्