Logo

द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ : सभापति देउवा



Spread the love

९ असोज, काठमाडौँ l पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कानुन संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरू टुङ्ग्याउन अब ढिला गर्न नहुने बताएका छन् l

आज मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा सहभागिता जनाउँदै सभापति देउवाले मुद्दाहरू टुङ्ग्याउन अब ढिला गर्न नहुने बताएका हुन् l

कार्यक्रममा बोल्दै सभापति देउवाले भने, “द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ । तर एकथरीको मात्र कुरा सुनेर हुँदैन । दुवै पक्षको कुरा सुन्नुपर्छ, माओवादी शान्ति प्रक्रियामा आएको बिर्सिएर हुँदैन ।” साथै सभापति देउवाले स्थायी शान्तिलाई प्राथमिकतामा राखेर पीडितलाई न्याय दिनुपर्ने पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्