Logo

सरकार कुशासन र भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : नेता पाण्डे



Spread the love

९ असोज, काठमाडौँ l नेपाली काँग्रेसका नेता बद्री पाण्डेले वर्तमान सरकारले विकासका काम नै गर्न नसकेको बताएका छन् l आज बाजुराको कोल्टीमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै नेता पाण्डेले सो कुरा बताएका हुन् l

सरकारले सुशासन दिन नसकेको भन्दै नेता पाण्डेले सरकार कुशासन र भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए l उनले भने, “सुशासन होइन कुशासन नै कुशासन भोग्नुपरेको छ । चारैतिर भ्रष्टाचार छ । सुनकाण्डलाई गुपचुप पारेर त्यसबाट कमिसन खाइएको छ । मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत आयोजनामा कमिसनको खेल भएको छ । वाइडबडी, न्यारोबडीमा भ्रष्टाचार भएको कुरा आएको छ l”

नेता पाण्डेले मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलविद्युत परियोजना र बालुवाटार जग्गा घोटालामा सत्तारुढ दल र तीनका नेताहरू संलग्न भएको भन्दै सरकारका गलत कामका कारण नेपाली जनताले बलियो प्रतिपक्ष खोजिरहेको बताउँदै अब काँग्रेस सशक्त रूपमा आउने पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्