Logo

बसपार्कमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन: भाडा बढि लिए तत्काल खबर गर्नुहाेस्



Spread the love
९ असोज, काठमाडाैँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ ।
फाइल तस्कबिर
हरेक वर्ष दशंै र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको व्यापक गुनासो आउन थालेपछि यो वर्षदेखि कडाइ गर्न थालेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले बढी भाडा लिने सवारीसाधनलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताउँदै भन्नुभयो– ‘बसपार्कमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिसकेका छौं । यदि कसैले बढी भाडा लिएको प्रमाण फेला पारे तत्काल कारबाही गर्छांै ।’
विशेष गरी बल्खु हुँदै हेटौंडा, वीरगन्ज, सिमरा, निगजढ र कोटेश्वर हँुदै पूर्व जाने साना सवारीसाधनले बढी भाडा लिने गरेको गुनासो आउने गरेको महाशाखाले जनाएको छ ।
टिकटअनुसार मूल्य लिएको छ कि छैन भनी चेकजाँच गर्ने र उल्लंघन गरेमा कारबाही गरिने महाशाखाले जनाएको छ। तर, अधिकांश काउन्टरमा हालसम्म भाडादर टाँसेको पाइएको छैन ।
प्रहरीले भीडभाड हुने स्थल र टिकट काउन्टरहरूमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सादा पोशाकमा समेत प्रहरी परिचालन गरी निगरानी बढाउन शुरू गरिएको एसएसपी ढकालले जानकारी दिनुभयो ।
साना वा ठूला जुनसुकै यात्रुवाहक सवारीसाधनले बढी भाडा लिएको जानकारी पाउनेबित्तिकै नजिकै रहेको ट्राफिक प्रहरीलाई तत्काल जानकारी दिनसमेत महाशाखाले अनुरोध गरेको छ ।
ट्राफिक प्रहरी प्रमुख एसएसपी ढकालले बढी भाडा लिनेलाई तत्काल नियन्त्रण गर्न उपत्यकाका सबै बसपार्कमा ट्राफिक प्रहरी परिचालन गरिसकेको जानकारी दिनुभयो ।
महाशाखाले सहज आवागमन, दुर्घटना न्यूनीकरण तथा कानुन कार्यान्वयन गर्न उपत्यकामा डिउटीमा रहेका ७ सय ५० र थप ४ सय ३० गरी १ हजार १ सय ८० प्रहरी परिचालन गरेको छ ।
प्रहरीले ३ सय ६८ स्थानको नियमित र चाडपर्व लक्षित थप ४ सय ३० प्रहरी परिचालन गरेको जनाएको छ । यसैगरी लामो दूरीका सवारीसाधनमा अनिवार्य रुपमा दुईजना चालक भए नभएको विषयमा ट्राफिक कम्युनिकेसन एप्समार्फत निगरानी गर्ने व्यवस्था गरेको जनाएको छ। याे समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्