Logo

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकार छाड्न राजेन्द्रको दबाब



Spread the love

८ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टीका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् । पार्टी एकताको लागि उनले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकार छाड्नु पर्ने शर्त राखेका हुन् ।

बुधबार पार्टीको कामको सिलसिलामा जनकपुर पुगेका महतोले पत्रकार सम्मेलनमा बोल्दै एकताको लागि समाजवादी पार्टीलाई सरकार छोड्न दबाब दिएका छन् ।

महतोले वैकल्पिक शक्ति निर्माण र जनताका लागि पार्टी एकता हुनुपर्ने बताउँदै भने,‘सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण हुँदैन् , पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ’, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो।’

प्रतिक्रिया दिनुहोस्