Logo

जमैका तल्लावाहसविरुद्ध सन्दीपको घातक बलिङको बाबजुद बार्बाडोस पराजित



Spread the love

७ असोज, काठमाडाैं। क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित बार्बाडोस ट्राइडेन्स जमैका तल्लावाहसविरुद्ध ५ रनले पराजित भएको छ ।

अन्तिम दुई बलमा ६ रन चाहिएको अवस्थामा सन्दीपले दुबै बल डट खान पुगेका थिए । सन्दीप ८ बलको सामना गर्दै ९ रनमा अविजित रहे । १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको बार्बाडोस २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन मात्र बनायो ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जमैका निर्धारित २० ओभरमा अल आउट १ सय २७ रनमा अल आउट भयो । उसका लागि ग्लेन फिलिप्सले ३५ बलको सामना गर्दै सर्वाधिक ४१ रन जोडे । चाडविक वाल्टन १३, क्रिस गेल १, इमरान खान १० र कप्तान जर्ज वर्कर ६ रनमा आउट भए ।

सन्दीपले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट हात पारेका छन् । कप्तान जोसन होल्डर २,रोशन प्रिमुस,हेरी गुर्नी,जेपी ड्युमिनी र रेमोन रिफरको नाममा सामन १ विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्