Logo

मेस्सीलाई छैटौं पटक फिफा ‘द बेस्ट’ अवार्ड



Spread the love

७ असोज, काठमाडाैं। यस वर्षको फिफा ‘द बेस्ट’ अवार्ड कप्तान लिओनेल मेस्सीले जित्न सफल भएका छन् । निकटतम प्रतिन्द्वन्द्वी क्रिस्टियानो रोनाल्डो र भर्जील भान डाइकलाई पछि पार्दै मेस्सीले यो अवार्ड हात पारेका हुन् ।

उनले यो अवार्ड छैटौं पटक जितेका हुन्। यसअघि सन् २००९, २०१०,२००११,२०१२ र २०१५ मा पनि यो अवार्ड जितेका थिए। मेसीले यसपटक बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याउन योगदान दिएका थिए। उनले यसैक्रममा ५८ खेल खेल्दै ५४ गोल र २० असिस्ट दिएका थिए ।

मेस्सी भन्छन्, ‘मलाई यसको हकदार बनाउने सबैलाई धन्यवाद दिन चाहन्छु । मेरो लागि व्यक्तिगत उपाधि भन्दा टोलीको सफलता महत्त्वपूर्ण छ,’ उनले थपे, ‘ आज विशेष दिन हो । मेरो पत्नीसँगै छोराहरु पनि पहिलोपटक यहाँ आएका छन् । उनीहरुसँग यो खुसी बाँड्न पाउँदा निकै खुसी छु । उनीहरुलाई फुटबल एकदम मनपर्छ र लजाएर सबैलाई हेरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्