Logo

अधुरा आयोजनाको प्राथमिकता तोकेर अघि बढ्नुपर्छ : अर्थमन्त्री खतिवडा 



Spread the love

६ असोज, काठमाडौँ l अर्थमन्त्री डा. युवराज खतिवडाले साविकका गाउँ विकास समिति र नगरपालिले सुरु गरेका विकास आयोजनालाई स्थानीय र प्रदेश तहले प्राथमिकता नदिएको भन्दै राज्यको स्रोत खर्च भइसकेका आयोजनालाई त्यसै छाड्न नहुने बताएका छन् l

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सहभागिता जनाउँदै अर्थमन्त्री खतिवडाले भने, ‘हिजो जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकाले सुरु गरेका आयोजना अब स्थानीय र प्रदेशले आफ्ना प्राथमिकताअनुसार अघि बढाउनुपर्छ, ती आयोजना त्यसै छाड्न मिल्दैन, राज्यले कुनै न कुनै रूपमा लगानी गरिसकेको छ, अब फेरि नयाँ कार्यक्रम मात्रै अघि बढाउने भन्ने कुरा हुँदैन।’

सङ्घीय सरकारले माग गरे बमोजिम प्रदेश नं ५ बाहेक अरू कुनै पनि प्रदेशले अधुरा आयोजनाको विवरण नदिएको बताउँदै अर्थमन्त्री खतिवडाले भने, ‘अहिले प्रदेश नं ५ बाट अधुरा आयोजनाको सूची प्राप्त भएको छ, अरू प्रदेशले त्यस्ता आयोजनाको विवरण पठाएका छैनन्, हामीले त्यस्ता अधुरा आयोजनाको पनि प्राथमिकता तोकेर अघि बढ्नुपर्छ, हिजो स्रोत खर्च भैसकेको छ, अब त्यसै छाड्न मिल्दैन ।’

अर्थमन्त्री खतिवडाले स्रोत जम्मा गरेर राख्ने र खर्च गर्न नसक्ने अवस्था आउन नहुने टिप्पणी गरेका छन् l

प्रतिक्रिया दिनुहोस्