Logo

बोलेर मात्र देश अघि जाँदैन : अध्यक्ष प्रचण्ड



Spread the love

६ असोज, काठमाडौँ l मिठा मिठा कुरा बोल्नुको कुनै अर्थ नरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् l

सहाना प्रधानको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो अवस्थामा धेरै बोल्नु अर्थहीन हुनु बताएका हुन् ।

उनले भने, ‘भन्न त मिठा मिठा कुरा भन्न सकिने रहेछ, तर त्यसको अर्थ छैन, हिजोका तानाशाहले पनि विकासको मूल फुटाउने कुरा गर्थे, तर मूल त फुटेन । अहिले पनि जनताले हामीबाट कामको अपेक्षा गरेका छन् । बोलेर मात्र देश अघि जाँदैन ।’

अध्यक्ष प्रचण्डले पार्टी पुनः अर्को आन्दोलन र मिसनमा जानुपर्ने भन्दै त्यसका लागि विशाल फौज बनाउनुपर्ने बताए l देशलाई नेकपाले नयाँ युगतिर लैजाने र समाजवादी क्रान्तिको तयारी गर्ने काम गरिरहेको अध्यक्ष प्रचण्डको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्