Logo

प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ : अध्यक्ष प्रचण्ड



Spread the love

५ असोज, काठमाडौँ l नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वयंलाई मन्त्रिमण्डल पुनर्गठनबारे नसोध्न संचारकर्मीलाई आग्रह गरेका छन् l

आज बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मलाई मन्त्रिमण्डल पुनर्गठनबारे नसोध्नुस् । यसले मलाई हैरान पारेको छ । यो प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिपरिषद् पुनर्गठन हुन्छ । नचाहँदासम्म पुनर्गठन हुँदैन l’

अहिले नै व्यवस्थालाई खतरा आयो भन्ने कुरा सत्य नभएको बताउँदै अध्यक्ष प्रचण्डले केही उछृंखल गतिविधि भने बृदी हुँदै गएकोले राजनीतिक दल र सरकारले त्यसको प्रतिवाद गर्नुपर्ने बताएका छन्

l पार्टी र सरकार भ्रष्टाचारका विरुद्ध अघि बढीरहेको दाबी गर्दै उनले भने, ‘यसका परिणामहरू बिस्तारै देखिन थालेको छ l’

अध्यक्ष प्रचण्डले सबै राजनीति दलहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाका लागि एक स्थानमा भएको भन्दै सरकार र पार्टीको कामको समीक्षा गरिरहेको पनि बताएका छन् l

उनले भने, ‘यसलाई नयाँ शिराबाट गति दिनेबारे कुरा भइरहेको छ। मलाई लाग्छ, आउने समयमा कामहरू देखिन थाल्छन् l’

वर्तमान सरकारले कामै नगरेको कुरा सत्य नभएको बताउँदै भने, ‘थुप्रै मौलिक हक सम्बन्धी कानुन बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो, भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठुलै उपलब्धि हो। चीनसँग राम्रो सम्बन्ध र आधारहरू बनेका छन्।’

आधा आधा सरकार चलाउने कुरामा पार्टीले निर्णय गरे बमोजिम नै हुने भन्दै उनले भने, ‘अहिले पार्टीमा त्यसबारेको छलफलमा हामी प्रवेश नै गरेका छैनौँ l’

प्रतिक्रिया दिनुहोस्