Logo

आज मिति २०७६ साल असोज ४ शनिबार,आजको राशीफल



Spread the love

आज मिति २०७६ साल असोज ४ शनिबार  । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

मेष राशी – नयाँ कार्य प्रारम्भ होला। धनसम्पति हात पर्ने छ। वैदेशिक यात्रा योग पनि छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला। शुभकार्यको थालनी होला।

वृष राशी –अध्ययनसम्बन्धी कार्यमा प्रगति हुने देखिएको छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। घरजग्गा खरीद तथा जग्गासम्बन्धी कारोबार हुने छ। यात्रा सफल हुने छ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। मनोरञ्जनमा सहभागी भइएला।

मिथुन राशी –  रोकिएको धन हात पर्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ।  कार्य्सिद्धि हुने अवसर मिल्नेछ। अतिथिको सेवा गर्नुपर्ने छ।मुद्दा मामिलामा विजयी पाप्त हुनेछ।धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ।

कर्कट राशी – कला क्षेत्रमा काम गर्नेलाई धेरै राम्रो दिन छ।आफन्तको सहयोग प्राप्त हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। व्यापार–व्यवसायीहरुले उच्च नाफा आर्जन गर्ने योग छ।बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। आफूलाई कमजोर भएको अनुभूतिहुनेछ।

सिंह राशी –अनावश्यक धन खर्च होला।वित्तीय क्षेत्रको काममा फाइदा मिल्ने छ। नयाँ काम वा रोजगार पाइने छ। मान प्रतिष्ठामा बृद्धि होला।मानसिक चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। घरायसी झमेलामा परिएला।

कन्या राशी –  अपरान्हपछि मन शान्त हुने छ। चिन्ता समाप्त हुने छ।आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। नयाँ कार्यको थालनी होला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। दिन रमाइलोसँग बित्ने छ।

तुला राशी – आकस्मिक धन लाभ हुने योग छ। यात्राको पनि योग छ। दिन रमाइलोसँग बित्ने छ।यात्राको योग छ। परिवारसँग भेटघाट होला। दिन रमाइलो गरी बित्ने छ। दिन उल्लासमय हुने छ। काममा मन जाने छ।

वृश्चिक राशी – झै–झगडाको योग छ। मन पराएको वा विश्वास गरेकै मानिसबाट धोका पाउने योग छ। मिल्ने साथीभाइ र प्रेमीप्रेमिकाबीच मनमुटाव हुने छ। लगानी तथा व्यापार–व्यवसाय थाल्ने योग छ। यात्रा सफल हुने छ। मन प्रसन्न रहला।

धनु राशी – शुभकार्यको थालनी होला।  साथीले घात गर्ने छन्। दिन अनावश्यक झमेलामा बित्ने छ। दिन खराब छ। प्रेमीबाटै धोका पाइने छ।दिन उल्लासमय हुने छ। काममा मन जाने छ।

मकर राशी – प्रेममा धोका मिल्ने योग छ। धनसम्पति जोड्ने योग छ। आफन्तबाट सहयोग हासिल हुने छ। मन प्रशन्न रहला।शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले विवाद हुनेछ।

कुम्भ राशी –अध्ययनको क्षेत्रमा सफलता हासिल होला। कला क्षेत्रमा सफलताको योग छ। महिलाहरूका लागि सौन्दर्य क्षेत्रमा सफलता हासिल होला।सरकारी कामकाजले तनावै–तनाव झेल्नु पर्ने छ। स्वास्थ्यमा गडबढी आउने छ।

मीन राशी –  परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ।पठनपाठनमा प्रगति हुनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्