Logo

वर्तमान सरकार कार्यान्वयन पक्षमा अल्मलियो : सभापति देउवा



Spread the love

३ असोज, काठमाडौँ l नेपालको संविधान बहुलवादमा आधारित समावेशी संविधान भएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।

संविधान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा सहभागिता जनाउँदै सभापति देउवाले संविधान राम्रो भएता पनि वर्तमान सरकार कार्यान्वयन पक्षमा अल्मलिएको आरोप लगाए l

सभापति देउवाले भने, ‘नेतृत्व तहमा महिलाहरूको ३३ प्रतिशत सहभागिता संविधानले नै सुनिश्चित गरेको छ। राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक महिला हुने व्यवस्था पनि संविधानमा उल्लेख छ। यस अर्थमा यो संविधान महिलामैत्री छ।’

सभापति देउवाले हालको संविधान जनजातिमैत्री रहेको बताउँदै संविधानले ग्यारेन्टी गरेको विषयलाई उल्टाउने प्रयास भइरहेको आरोपसमेत लगाएका छन् ।

उनले भने, ‘मिडिया काउन्सिल विधेयक ल्याएर बोल्न नपाउने गरी डण्डा देखाउने काम भएको छ, कुनै पनि निहुँमा जनताको स्वतन्त्रता खोस्न पाइँदैन। मानव अधिकार खोस्न पाइँदैन ।’

सरकारले आफ्नै मन्त्रीलाई विश्वास नगरेको बताउँदै उनले भने, ‘आफ्नै मन्त्रीलाई विश्वास गर्न नसक्नेले कसरी देश चलाउँछन्?’

नेपाली काँग्रेसले सहयोग गर्न चाहेको बताउँदै संसद्मा उच्छृंखल गतिविधि नगरेको पनि सभापति देउवाले प्रस्ट पारे ।

संसद्मा यस्ता हर्कत नगरेकोमा सरकारले हेप्न नहुने सभापति देउवाको तर्क थियो । उनले भने, ‘हामीले सरकारले राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौँ । रेलिङ भाँच्ने, कुर्सी फोड्ने काम गरेका छैनौँ । त्यसरी सह्यो भनेर हामीलाई हेप्ने?’

प्रतिक्रिया दिनुहोस्