Logo

संविधान संशोधन हुने संसदबाट हो, सडकबाट होइन : उपनेता नेम्वाङ



Spread the love

३ असोज, काठमाडौँ l संविधानको पक्ष र प्रतिपक्ष नहुने नेकपाका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बताएका छन् l

संविधान दिवसको अवसरमा आज राजधानीमा आयोजित संविधानका चार वर्ष, कार्यान्वयनमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उपनेता नेम्वाङ सो कुरा बताएका हुन् ।

संविधान दिवसलाई मान्दैनौँ भन्ने दलहरू नै संविधानअनुसार भएको निर्वाचन र त्यसपछि बनेका सरकारमा सहभागी भएकाले संविधान सर्वस्वीकार्य दस्तावेजको रूपमा स्थापित भएको भन्दै उपनेता नेम्वाङ भने, ‘संविधान संशोधन गर्नुपर्छ भन्नु पनि संविधान स्वीकार्नु होइन र? संविधान संशोधन हुने त संसदबाट हो सडकबाट होइन नि ? त्यसैले संविधानको विषयलाई लिएर धेरै विवाद नगरौँ ।’

उपनेता नेम्वाङले सरकारमै रहेका समाजवादी पार्टी र प्रतिपक्षमा रहेका राजपा लगायतका दलहरूको कहाँ निर विमत्ति हो ? संविधानको कुन धारा-उपधारा सच्याउनुपर्ने हो? भन्दै सो बारेमा वार्तालाप गर्न सरकार तयार रहेको बताएका छन् l

नेपाली नागरिकले आफ्ना लागि बनाएको संविधान यो पहिलो भएको दाबी गर्दै उपनेता नेम्वाङले यसअघि बनेका संविधानसँग तुलना नगर्नसमेत आग्रह गरेका छन् l

प्रतिक्रिया दिनुहोस्