Logo

साफ यू-१८: डिफेन्डिङ च्याम्पियन नेपाल पहिलो हाफमा १ -० पछाडी



Spread the love

३ असोज, काठमाडौं । साफ यू-१८ च्याम्पियन्सिप अन्तर्गत उद्घाटन खेलमा नेपाल माल्दिभ्सविरुद्ध पहिलो हाफमा १-० ले पछाडि परेको छ । खेलकाे १३ औ मिनेटमा माल्दिभ्सले पेनाल्टी गाेलमार्फत अग्रता बनाएको हाे । पेनाल्टी बक्समा राेशन दाेङले माल्दिभ्सका कप्तान हसन नाजिमलाई फल गरेपश्चात प्राप्त पेनाल्टीमा कप्तान आफैंले सहजै गाेल गरेका थिए ।

त्यसअघि खेलकाे दाेस्राे मिनेटमा नेपालले राेशन दाेङकाे फ्रिकिकमा मनीष डाँगीेले गाेल गरेपनि त्यसलाई रेफ्रीले अफसाईड दिएको थियो । २० औ मिनेटमा ब्रिजेश वान भर्सेस वानमा चुक्दा नेपाल बराबरीबाट चुक्याे ।

प्रतिक्रिया दिनुहोस्