Logo

राजनीतिलाई सम्मानजनक बनाउन जरुरी छ : नेता पौडेल



Spread the love

३ असोज, काठमाडौँ l कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने समयआएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

आज आयोजित कार्यक्रममा कार्यक्रममा सहभागिता जनाउँदै नेता पौडेलले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने बताएका हुन् ।

काँग्रेसको सिद्धान्तले मुलुकका हरेक परिवर्तनमा जितेता पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गर्दै बिपीको विचारलाई कार्यकर्तासम्म प्रशिक्षण दिनु जरुरी रहेको नेता पौडेलको भनाइ थियो l

गाउँघरमा रहेका जनतालाई पूर्वाधार पुर्‍याउन नसक्दा अधिकांश मानिसहरू विदेश जानु परेको बताउँदै नेता पौडेलले गाउँमा बस्ने वातावरण निर्माणमा सरकार लाग्नुपर्ने उल्लेख गरे ।

जबसम्म गाउँमा रोजगारीको अवसर सिर्जना हुँदैन तबसम्म विदेश जाने प्रक्रिया पनि नरोकिने नेता पौडेलको भनाइ थियो l

उनले सबै नीतिको मूल नीति राजनीति भएकाले राजनीतिलाई सम्मानजनक बनाउन जरुरी रहेको भन्दै पैसाका आधारमा पार्टी र सरकार कब्जा गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म मुलुक विकासको बाटोमा जान नसक्ने पनि बताएका छन् l

प्रतिक्रिया दिनुहोस्