Logo

संविधान दिवसको अवसरमा सावित्रासहित खेलाडी र प्रशिक्षकलाई पदकद्वारा सम्मान गर्ने



Spread the love

३ असोज, काठमाडौं । गत वर्ष सानदार प्रदर्शन गरेका महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक, कप्तान र महत्वपूर्ण खेलाडीहरु पदकद्वारा सम्मानित हुने भएका छन् । शुक्रबार संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले विभिन्न क्षेत्रबाट ६ सय ३४ जनालाई पदकबाट सम्मान दिने घोषणा गर्दा खेलकुद क्षेत्रबाट पनि प्रशिक्षक, खेलाडी र पदाधिकारी समेटिएका हुन् ।

जसमा फुटबलबाट राष्ट्रिय महिला टोलीका प्रशिक्षक हरि खड्का, कप्तान निरु थापा र सावित्रा भण्डारी परेकी छन् । प्रशिक्षक खड्कासहित सुप्रबल जनसेवा श्री तृतिय श्रेणी पदक पाउनेमा करातेका दीपक श्रेष्ठ, भारोत्तोलनकी टिकाकुमार पुन, रेस्लिङकी भगवती खड्का छन् ।

सावित्रासहित जन सेवा श्री पञ्चम श्रेणी सम्मान पाउने घोषणा भएका खेलाडीमा अजय तामाङ, एसियन जुनियर एथलेटिक्स च्याम्पियन अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन, क्रिकेटका सोमपाल कामी र विशेष खेलकुदकी महिमा कोइराला रहेकी छन् । त्यस्तै, कप्तान निरुसहित सुर्किती पदक पाउनेमा पौडीकी गौरिका सिंह, भलिबलकी रेश्मा भण्डारी, गल्फका टंकबहादुर कार्की र बक्सिङका पुरन राईलाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्