Logo

सबै सडक नाकाको अवस्था दर्दनाक, चाडपर्वमा सडकको कारण यात्रा असहज बन्ने खतरा



Spread the love

२९ भाद्र, काठमाडाैँ – चावहिल–जोरपाटीको सकड पनि दयनीय छ । त्यस क्षेत्रका स्थानीयले पटक–पटक सडक मर्मत–सम्भार तथा पिच गर्न माग गर्दै सडकमा उत्रिएर आन्दोलन गर्दै आएका छन् ।

ठेकेदारको लापरवाही र सरकारी निकायको सक्रियता नहुनाले उपत्यका र उपत्यकाबाहिरका सडकको अवस्था दयनीय बन्न पुगेको हो । सरकारले सडकको विषयमा अझै सक्रियता देखाएको छैन । पछिल्लो समय सडक फराकिलो बनाउन ठाउँठाउँमा सडकमा डोजर लगाइएको र समयमै निर्माण सम्पन्न नहुँदा पनि गाडी गुडिरहने सडकमा प्रभाव परेको हो ।

पूर्व–पश्चिम राजमार्गका विभिन्न खण्डहरूदेखि त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायतका सडकका विभिन्न खण्डमा पनि ठूला खाल्टाखुल्टी छन् । यस्ता खाल्टाका कारण राजधानीसहित राजमार्गमा सवारी दुर्घटना बढ्ने भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गर्दै आएका छन् ।

दसैंमा गत वर्षमा १५ देखि २० लाख मानिस काठमाडौंबाट बाहिरिने र दसैंलगत्तै पुनः काठमाडौं फर्कन्छन् । यसपटक भने सडकको दयनीय अवस्थाका कारण यात्रामै असजता आउने खतरा देखिन थालेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्