Logo

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते



Spread the love

२९ भाद्र, काठमाडाैँ – काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ ।

चन्द्रागिरीको मुख्य सडकमा ना६ख २७४४ नंको ट्रकले बा८९प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्षीय मनिष कार्कीको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुर्घटनामा गम्भीर घाइते कार्कीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक २४ वर्षीय वसन्त कार्की गम्भीर घाइते भएका छन् । गम्भीर घाइते कार्कीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्