Logo

राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गर्न बसन्तपुरमा



Spread the love

२७ भदौ, काठमाडौं । शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी इन्द्रजात्राको अवलोकन गर्न काठमाडौंको बसन्तपुर पुगेकी छन् । उनी दिउँसो ४ बजेतिर बसन्तपुर पुगेकी हुन् ।

उनलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लगायतले स्वागत गरेका छन् ।

राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हेर्ने परम्परा रहेको छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपश्चात ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्