Logo

एनसेल कर छली सदनदेखि सडकसम्म उठाउँछौँ : राप्रपा



Spread the love

२७ भाद्र, काठमाडाैँ – एनसेल कर छलीको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको बिहीबार पदाधिकारी बैठकमा विस्तृत छलफल भएको छ । उक्त विषयमा पार्टीले पूर्व गृह एवं कानूनमन्त्री निरञ्जन थापालाई विस्तृत अध्ययन गर्न जिम्मेवारी दिएको थियो ।

पदाधिकारी बैठकमा पार्टीका सल्लाहकार समितिका अध्यक्षसमेत रहेका थापाले एनसेल कर छली विषयमा विस्तृत विवरण प्रस्तुत गरेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । “यस विषयलाई राप्रपाले संसद्देखि सडकसम्म लैजान्छ, राप्रपाले संघर्ष गर्छ”, उनले भने । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्