Logo

‘नारा’ अध्यक्षमा नेपाल



Spread the love

२५ भाद्र, काठमाडाैँ – नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्ट (नारा)को अध्यक्षमा गङ्गाप्रसाद नेपाल निर्वाचित भएका छन् । नाराको मंगलबार भएको ३१औँ वार्षिक साधारणसभाबाट प्रतिद्वन्द्वी कमलबहादुर ठकुरीलाई पराजित गरी नेपाल अध्यक्षमा विजयी भएका हुन् । नेपालले ३७ तथा ठकुरीले २५ मत प्राप्त गरेको नाराका निवर्तमान महासचिव शिव अधिकारीले जानकारी दिए ।

उपाध्यक्षमा मेघ आले, महासचिवमा शिशिर खनाल, सचिवमा ईन्द्रबहादुर राई, कोषाध्यक्षमा रिता अधिकारी र सह–कोषाध्यक्षमा नारायण श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यमा इन्दुदेवी वाग्ले, राजेन्द्र थपलिया, गोपाल राना र मदन ढकाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्