Logo

चिनियाँ विदेशमन्त्री वाङ यी र प्रचण्डबीच भेटवार्ता



Spread the love

२४ भदौ, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङले मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

प्रचण्डको निजि सचिवालका अनुसार, दुईबीचको भेटवार्तामा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी गरिएकाे छ ।

यसअघि नै राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेटवार्ता गरेका वाङले आज प्रचण्डलाइ भेटेका हुन् । वाङले आजै विपक्षी दलका वरिष्ठ नेता एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाइ भेट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्