Logo

कांग्रेसले दोस्रो चरणको जागरण अभियान वृक्षरोपण गरेर देशभर एकैसाथ सुरु गर्दै



Spread the love

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आजबाट तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान वृक्षरोपण गरेर देशभर एकैसाथ सुरु गर्दै छ । अभियानमा नेताहरूलाई ‘बोल्ने कम सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार,  प्रदेश सभा क्षेत्र संख्या तीन सय ३० लाई १०६ ले गुणा गर्दा हुन आउने संख्या अर्थात्, ३४ हजार नौ सय ८० वटा बिरुवा रोपेर अभियान उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि पार्टीले सबै प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्दि्रत कार्यक्रमका लागि ३३० प्रतिनिधिहरु सम्बन्धित क्षेत्रमा खटिएका छन् । १५ दिने अभियानको अन्तिम दिन असोज ७ गते ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिनेछ ।

अभियानको अन्तिम दिन ७ असोजमा केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ । त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्