Logo

चिनीयाँ राष्ट्रपतिको भ्रमणबारे चीन सकारात्मक



Spread the love

२४ भदौ, काठमाडौं ।  चिनीयाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका लागि आउनेबारे नेपाल भ्रमणमा रहेका चिनीयाँ विदेशमन्त्री वाङ यीले सकारात्मक संकेत गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दैै यस मामिलामा दुवै देशका कूटनीतिक नियोगहरु निरन्तर सम्पर्कमा रहने पनि बताएका छन् ।

सोमबार द्विपक्षीय संयन्त्र बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने ‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे कुराकानी त भएको छ, तर, कहिले हुने भनेर पक्कापक्कि भने भइसकेको छैन,’ ।

नेपालमा राजनीतिक संक्रमण र अस्थिरता टुङ्गीएकाले उच्चस्तरमा हुने राजनीतिक भ्रमणको ‘उपयुक्त समय’ रहेको भन्दै आफूले विदेशमन्त्री वाङसमक्ष कुरा राखेको ज्ञवालीले जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी असोज २४ देखि २६ सम्म भारत भ्रमणका लागि आउन लागेका छन् ।  भारतबाट फर्किंदा  नेपाल भ्रमणका लागि पनि आउन सक्ने  ‘अपुष्ट सूचना’ बाहिर आइरहेका बेला विदेशमन्त्री वाङको अहिले भइरहेको भ्रमणलाइ आशाकाे त्यान्द्राे मानिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्