Logo

निकुञ्जद्वारा राहत प्रदान



Spread the love

२३ भाद्र, लाङटाङ – लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तुले बाली नोक्सान गरेका किसानलाई राहत प्रदान गरेको छ । निकुञ्जका वन प्रविधिक केशवराज भेटुवालका अनुसार उत्तरगया गाउँपालिका–४ र ५ का बिमिरे, ढुङ्गे, मनीगाउँ, बनुवा, उपल्लोपौवा क्षेत्रका १३ किसानलाई रु १ लाख १७ हजार राहत वितरण गरिएको हो ।

खेतबारीमा लगाइएका कृषि उपज निकुञ्ज क्षेत्रका जनावरले नोक्सान गरेबापत किसानको हितमा खडा गरिएको राहत कोषबाट क्षतिपूर्तिबापतको राहत रकम प्रदान गरिएको बताइएको छ ।

निकुुञ्जको जैविक विविधता संरक्षण प्रभावकारी हुँदै गएपछि वन जङ्गलको हराभराले वन्यजन्तुको सङ्ख्या वृद्धि हुँदै जाँदा जनावरले आहारको खोजी गर्दै रातको समयमा खेतबारीमा पसी कृषि उपज नोक्सान पुर्याउँदै गएको स्थानीयवासी किसानले बताएका छन् । निकुञ्जले प्रदान गरेको क्षतिपूर्तिबापतको रकमले गरीब किसानलाई निकै राहत मिलेको लहरेपौवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्