Logo

नेपाल र चीनबिच तीन बिषयमा सम्झौता



Spread the love

२३ भदौ, काठमाडौं । नेपाल र चीनबीच तीनवटा बिषयमा सम्झौता भएको छ। नेपाल भ्रमणका क्रममा सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

काठमाडौंकाे एक पाँचतारे होटलमा सम्पन्न भएको उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा तीनवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

पहिलो सम्झौता अन्तर्गत मनाङमा करिव ३५ करोड रुपैयाँको लागतमा चीनले अस्पताल बनाइदिने भएको छ । यसैगरी, आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ  दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् । अर्को सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने सम्बन्धी अर्को संझौतामा पनि हस्ताक्षर भएको छ । यसमा शिक्षासचिवले हस्ताक्षर गरे ।

प्रतिक्रिया दिनुहोस्