Logo

ब्राजिलियन फुटबल खेलाडी काफुका ३० वर्षे छोराको निधन



Spread the love

२२ भदौ, काठमाडौं । ब्राजिलियन फुटबल खेलाडी काफुका ३० वर्षे छोराको निधन भएको छ । उनको मृत्यु हृदय घातका कारण भएको बताइएको छ ।

काफुका छोराले साथीहरुसँग फुटबल खेल्दै गर्दा छातीमा दुःखाई अनुभब गरेका थिए । त्यसै समय उपचारका लागि उनलाई स्थानिय अस्पताल पुर्याएको थियो । डाक्टरले तत्काल उपचार सुरु गरेता पनि उनलाई बचाउन भने सकेनन् ।

तीन सन्तान मध्ये डानिलो काफुका जेठो छोरा हुन् । एसी मिलान र रोमाबाट काफुले ४ सय भन्दा बढी खेल खेलेका छन् । रोमासंगै साउ पाउलो र एसी मिलानले पनि सामाजिक सञ्चालमार्फत शोक विज्ञप्ती जारी गर्दै काफु र उनको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्