Logo

सावित्राको गोलमार्फत नेपालको सुरुवाती समयमा नै अग्रता



Spread the love

२२ भदौ, काठमाडौं । नेपालले किर्गिस्तानविरुद्ध खेल्दै नादेझ्दा कप फुटबलको सुरुवात गरेको छ । नेपाली महिला फुटबल टोलीले किर्गिस्तानविरुद्ध खेल सुरु भएको चौथो मिनेटमा नै अग्रता बनाएको हो । सावित्रा भण्डारीको एकल प्रयासमा प्रहार गरेको बल गोलमा परिणत भएको छ ।

प्रशिक्षक हरि खड्काले पहिलो रोजाई सार्बजनिक गर्दै आक्रमणको जिम्मा फरवार्ड भण्डारी र कप्तान निरु थापालाई दिएका छन् । गोलकिपरमा एन्जीला सुब्बा छन् । यस्तै,अन्य खेलाडीमा अमृता जैसी, पुनम जर्घामगर, हिरा भुजेल, दिपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत, मन्जली योन्जन र कप्तान निरु थापा छन् ।

प्रतिक्रिया दिनुहोस्