Logo

पशुपतिमा राष्ट्रगान बजाउँदा गरिमा हुँदैन, अनादर पैदा हुन्छ : सांसद प्रधान



Spread the love

२२ भदौं, काठमाडौँ l पशुपतिको आरतीमा राष्ट्रिय गान बजाउने निर्णयलाई पञ्चायतको पुनरावृत्तिको संज्ञा नेपाली काँग्रेसका सांसद भिमसेनदास प्रधानले दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै सांसद प्रधानले यो धर्म, संस्कृति र परम्परा विरोधी निर्णय भएको बताए ।

सांसद प्रधानले पशुपतिमा आरती मात्र नभई मृतकहरूको दाहसंस्कार पनि हुने बताउँदै उनले भने, ‘राष्ट्रिय गान बज्दा उभिनुपर्छ, जसरी यहाँ (संसद्मा) सभामुखदेखि हामी सबै उभिन्छौँ । त्यो दाहसंस्कार प्रक्रियामा रहेका पुत्रपुत्री उभिने कि नउभिने ? दाह समात्ने कि उभिरहने ?’

सांसद प्रधानले पशुपतिको आरतीमा सहभागी हुन् स्वदेशी मात्र नभई विदेशीहरू पनि आउने गरेको बताउँदै राष्ट्रगान बज्दा उनीहरू उभिएनन् भने सम्मान हुन्छ कि बेइज्जत हुन्छ भन्ने प्रश्न पनि गरेका छन् l उनले भने, ‘त्यस्तो ठाउँमा राष्ट्रगान बजाउँदा गरिमा हुँदैन, अनादर पैदा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्