Logo

१ सय ८ छात्रालाई साइकल वितरण



Spread the love

२२ भाद्र, राजविराज – प्रदेश नंं २ को ‘बेटी बचाउ बेटी पढाऔँ’ अभियानअन्तर्गत सप्तरी सदरमुकाम राजविराजमै रहेको केशो अनरुद्धवती माविमा अध्ययनरत् करीब ५२ जना छात्रालाई शनिबार आयोजित एक कार्यक्रममा प्रदेश २ का प्रदेश सभा सदस्य मनिषकुमार सुमनले साइकल वितरण गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य सुमनले साइकल खरीद गर्न असमर्थ विपन्न छात्रालाई पढाइमा सहजता प्रदान गर्न साइकल वितरण गरिएको बताउँदै यसको सदुपयोग गर्दै नियमित विद्यालय जान छात्रालाई आग्रह गरे । छोराछोरीमा भेद्भाव गर्न तथा सामाजिक विकृति अन्त्य गर्न पनि समाजमा छोरीलाई शिक्षित हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले हरेक बालबालिकालाई शिक्षा दिनु सरकारको कर्तव्य रहेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य सुमनले शैक्षिक रूपमा पछाडि परेका महिलाका लागि मुख्यमन्त्रीले ल्याएका जनप्रिय योजना छोरी शिक्षा बीमा जस्ता योजनाले छोरी सशक्तिकरणमा मद्दत पुर्याउने बताए ।

यस्तै महादेवा गाउँपालिकाको नरबहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरीमा अध्ययनरत ५६ जना दलित छात्रालाई समेत साइकल वितरण गरेको छ । विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य सुमनले कक्षा ८ मा अध्ययन गर्ने ५६ जना विपन्न छात्रालाई साइकल वितरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्