Logo

कन्टेनरको ठक्करबाट संस्कृतिकर्मी श्रेष्ठको मृत्यु



Spread the love

२१ भाद्र, काठमाडाैँ – अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि चारदोबाटोमा कन्टेनरको ठक्करबाट संस्कृतिकर्मी लक्ष्मीभक्त लाखे श्रेष्ठको मृत्यु भएको छ ।

बा ५ ख ७६०२ नम्बरको कन्टेनरले ठक्कर दिँदा मध्यपुरथिमि–४ का ६४ वर्षीय श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

कन्टेनरका चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३६ वर्षीय मिङमार शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्