Logo

स्व. उसु प्रशिक्षक महर्जनको परिवारलाई आर्थिक सहयाेग



Spread the love

२१ भाद्र, काठमाडाैँ – नेपाल उसुका राष्ट्रिय निर्णायक तथा बलम्बु उसु क्वानका प्रशिक्षक स्व.कृष्ण महर्जनको परिवारलाई आर्थिक सहायता प्रदान गरिएको छ । नेपाल उसु भोलुन्टियर प्रशिक्षक कमिटिको पहलमा स्व. महर्जनको परिवारलाई १ लाख १ हजार ६ सय ४० रूपैँया आर्थिक सहायता प्रदान गरिएको हो ।

महर्जनको परिवारलाई प्रदान गरिएको सहयोग रकम नेपाल उसु भोलुन्टियर प्रशिक्षक कमिटिका सदस्यहरु,उसु प्रशिक्षक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडिहरुबाट प्राप्त भएको हो ।

आज दशरथ रंगशालामा गरिएको एक कार्यक्रमका माझ नेपाल उसु महासंघका उपाध्यक्ष श्री राजिव महर्जन तथा नेपाल उसु भोलुन्टियर प्रशिक्षक कमिटिका संयोजक श्री मन्जुर महर्जनद्वारा स्व. महर्जनकी छोरीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्