Logo

नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्ने



Spread the love

२१ भदौं, काठमाडौँ l नेपाल टेलिकमले फोरजी/एलटिई सेवा अपग्रेड गर्ने भएको छ । आज राती ११:३० बजेदेखि अपग्रेडको कार्य आरम्भ हुने भएकोले त्यस बखत मोबाइल सेवा प्रयोगमा समस्या आउन सक्ने टेलिकमले जनाएको छ ।

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले मोबाइल सेवा अवरुद्ध हुन पुगे मोबाइल स्वीच अफ गरी अन गर्न सूचना निकालेर जानकारी गराएको छ ।

टेलिकमले निकालेको सूचनामा भनिएको छ, ‘फोरजी/एलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११:३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोबाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ l’

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको उल्लेख गर्दै देशभर नै फोरजी/एलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्