Logo

टाउकोमा बन्दुक तेर्साएर वार्ता हुँदैन : विदेशमन्त्री जयशंकर



Spread the love

२१ भदौं, काठमाडौँ l आतंकवादको मुद्धामा पाकिस्तानसँग सभ्य तरिकाले वार्ता गर्न भारत तयार रहेको भारतीय विदेशमन्त्री एस जयशंकरले बताउँदै सीमापारबाट भएको प्रायोजित आतंकवादलाई मध्यनजर गर्दै वार्ता टाउकोमा बन्दुक तेर्साएर नहुने बताएका छन् l

सिङ्गापुरको मिन्ट एसिया लिडरसिप सम्मेलनमा सहभागिता जनाउँदै विदेशमन्त्री जयशंकरले सो कुरा बताएका हुन् । उनले भने, ‘यदि पाकिस्तान र भारतका बिचमा कुनै मुद्दा छन् भने त्यसबारेमा वार्ता पनि दुई देशबीच नै हुनेछ ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देशमा ४० विभिन्न आतंकवादी समूह सक्रिय रहेको बताएका थिए । उक्त भनाइप्रति विदेशमन्त्री जयशंकरले सो सम्बन्धमा वार्ता गर्न तयार रहेको बताउँदै उनले भने, ‘हामी यसरी कुरा गरौँ जसरी दुई छिमेकी देश कुरा गर्छन् ।’

प्रतिक्रिया दिनुहोस्