Logo

फुटसलको उपाधि चन्द्रागिरि–५ लाई



Spread the love

२१ भाद्र, काठमाडाैँ – ‘समुदाय–प्रहरी साझेदारी’ चन्द्रागिरि नगरपालिका समिति फुटसल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका–५ ले जितेको छ ।

प्रतियोगिताको अन्तिम खेलमा चन्द्रागिरि–५ ले चन्द्रागिरि नगरपालिकालाई २–० गोलले हराएको हो । प्रतियोगितामा महानगरीय प्रहरी वृत्त थानकोट तेस्रो भयो । विजेतालाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र महानगरीय प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले पुरस्कार वितरण गरे । स्वस्थ जीवन र सुरक्षित समाजका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रअन्तर्गत फुटसल प्रतियोगिता आयोजना गरिएको गिरीले बताए ।

महानगरीय प्रहरी वृत्तका प्रमुख थापाले नगरपालिका भित्रका युवा, कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीबीच सम्बन्ध प्रगाढ बनाउन प्रतियोगिताबाट मद्दत पुगेको बताए । शान्ति सुरक्षाप्रति समुदायको चासो बढाउन यस्ता कार्यक्रमको आवश्यकता भएको वृत्तका प्रहरी निरीक्षक गायत्रीराज शर्माको भनाइ थियो । मानव बेचविखन तथा ओसारपसारविरुद्धको १३औँ राष्ट्रिय दिवसका अवसरमा ‘स्वास्थ्य र सम्बन्ध सुधारका लागि खेलकूद’ नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता यही भदौ १८ गतेदेखि शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्