Logo

पश्चिम अफगानिस्तानमा तालिबानको आक्रमण



Spread the love

२० भाद्र, अफगानिस्तान – पश्चिमी अफगानिस्तानका प्रमुख शहरमा तालिबान लडाकू समूहले शुक्रबार आक्रमण गरेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने सम्झौता गरेको लगत्तै तालिबान आक्रमणमा वृद्धि भएको अधिकारीहरूले जनाएका छन् ।

फराह प्रान्तको प्रान्तीय राजधानी फराह शहरमा दर्जनौं तालिबान लडाकूले आक्रमण गरेर अफगान सेनाको भर्ती केन्द्र कब्जा गरेका छन् ।

फराहका प्रान्तीय गभर्नरका प्रवक्ता फारुक बराकजईले एएफपीलाई उक्त जानकारी दिएका छन् । तालिबानका प्रवक्ता कारी युसुफ अहमदीले सो प्रान्तमा ‘ठूलो अपरेसन’ भएको बताएका छन् । गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले भने तालिबानको ठूलो प्रहार भोगिसकेको र छिट्टै हटाइने बताएका छन् ।

गत वर्षको मेमा तालिबानले फारह शहर कब्जा गर्न ठूलो प्रयास गरेको भए तापनि अन्तमा अफगान र अमेरिकी सेनाको संयुक्त प्रयासमा तालिबान लडाकूको हार भएको थियो ।

तालिबानले हालैका दिनहरूमा वासिंगटनसँग वार्ता गरे पनि अमेरिकी सेनाले विभिन्न सुरक्षा सुनिश्चितताहरूको बदलामा अफगानिस्तानबाट सेना फर्काउने सम्झौता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्